सुनसरी : गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय इटहरीमा तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरुलाई दुर्व्यवहारको आरोपमा पाच जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रहरी कार्यालयको भवन र सवारीसाधनमा ठुलो क्षति भएको थियो । पक्राउ पर्नेमा सुनसरी इटहरी उप(महानगरपालिका(३ का २९ बर्षीय विजय लिम्वु, इटहरी(५ का ४४ बर्षीय दिपेन्द्र कुमार कार्की, इटहरी(८ का २४ बर्षीय आभाष कार्की, इटहरी(४ का २४ बर्षीय सोनम कार्की र भोजपुर याङपाङ्ग घर भई इटहरी(४ मा बस्दै आएका ४७ बर्षीय मदन खत्री रहेका छन ।
घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान तथा खोजतलास गर्ने क्रममा प्राप्त फोटो, भिडियो, सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा फैलिएका फोटो तथा भिडियोका आधारमा पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई अपराधिक उपद्रव गर्न नहुने कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलास भईरहेको र आगजनी, तोडफोड तथा प्रहरीको हातहतियार लुटपाटका घटनामा संलग्न व्यक्तिहरुको फोटो तथा भिडियोहरु फेला परेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराएर अनुसन्धानमा सहयोग गर्न पनि प्रहरीले अपिल गरेको छ । यस्तै, प्रहरीको हातहतियार लुकाई छिपाई राखेको भन्ने सुचना पाएमा पनि जानकारी दिन प्रहरीले अनुरोध गर्दै सुचना दिनेको नाम गोप्य रहने पनि जनाएको छ ।







