धरान: दुई महिना ढिला गरि बसेको धरान उपमहानगरपालिकाको १७ औं नगरसभाबाट आर्थिक बर्ष २०८२/८३ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । 

आज (शनिबार) उपमहानगरपालिका प्रांगणमा भएको नगरसभाले चालु आर्थिक बर्षको २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैया बजेट पारित भएको छ । कुल बजेटमध्ये चालु खर्चबाहेक पूँजीगततर्फको बजेटमा १० प्रतिशत घटाएर मात्र कार्यान्वयन गर्ने सैद्धान्तिक सहमतिको निर्णय यसअघि नै कार्यपालिकामा भइसकेको छ । असार १० गतेभित्र बजेट, नीति तथा कार्यक्रम नगरसभामा पेश गर्न नसकेर बजेट होलिडेमा रहेको धरानले अब भने राहत पाएको छ । यसअघि भदौ २६ गते नगरसभा मिति तोकिएपनि जेनजी आन्दोलनको कारण हुनसकेको थिएन । 

नगरसभामा उपप्रमुख एवं बजेट तर्जुमा समितिका संयोजक अइन्द्रबिक्रम बेघाले बजेट प्रस्तुत गर्दै पुर्वाधार विकास, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास, पर्यटन, कृषि र विपद व्यवस्थापनलाई प्राथमिकता दिइएको बताए । उनले क्षेत्रगत बजेट विनियोजन प्रस्तुत गर्दै वडागत बजेटतर्फ २० वटै वडाहरुको लागि कुल २१ करोड, शहरी योजना तथा भौतिक पुर्वाधार विकासतर्फ कुल ६६ करोड ९४ लाख विनियोजन गरेका छन् ।

dharan budget2

यसैगरि, शिक्षा युवा तथा खेलकुदतर्फ कुल ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ ६ करोड ९९ लाख ९५ हजार, सामाजिक विकासतर्फ ४ करोड ८६ लाख ४५ हजार, आर्थिक विकासतर्फ १ करोड २९ लाख बजेट विनियोजन गरिएको छ । 

यस्तै, वन वातावरण उर्जा तथा विपद व्यवस्थापनतर्फ कुल २ करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ आन्तरिक स्रोतबाट २० लाख, सार्वज्निक जग्गा संरक्षणतर्फ आन्तरिक स्रोतबाट १५ लाख, राजश्व परिचालनतर्फ आन्तरिक स्रोतबाट ४३ लाख, नगर भिजन कार्यक्रमतर्फ ५ करोड ५ लाख बजेट विनियोजन गरिएको छ । 

आन्तरिक आयको अनुमान अत्यधिक

dharan budget1

बजेटको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट ८० करोड ५३ लाख ६५ हजार स्रोत अनुमान गरिएको छ । यो आन्तरिक आयको अनुमान अस्वभाविक रहेको छ । 

गत आर्थिक बर्ष २०८१/८२ मा आन्तरिक स्रोतबाट ४९ करोड ७० लाख आयको अनुमान गरिएको थियो । तर, उक्त आर्थिक बर्षको असार मसान्तसम्म आन्तरिक स्रोततर्फ २९ करोड ९५ लाख २५ हजार ७ सय (अनुमानको ६९.८१) प्रतिशत मात्र आय भएको छ । यो तथ्यांक अनुसार आर्थिक बर्ष २०८२/८३ को बजेटमा करिब ५० करोड घाटा बजेट अनुमान गरिएको छ । 

यस्तै, प्रदेश सरकारबाट अनुदान ७ करोड ७३ लाख ४४ हजार, राजश्व बाँडफाँडबाट ३४ करोड १८ लाख ५० हजार, सडक बोर्ड नेपालबाट २ करोड र गत बर्षको मौज्दातबाट ७ करोड प्राप्त हुने अनुमान गरेका छन् । 

भिडियो:

यस्तो छ, वडागतरुपमा विनियोजन गरिएको बजेट

wada budget copy