विराटनगरः शनिवार देखि विराटनगरमा जारी लकडाउन नागरिकले उल्लङघन गरेका छन् । कोरोना सँक्रमण समुुदाय तहमा पुगिसकेको निस्कर्षसहित दोस्रो पटक लकडाउन गरेको विराटनगर महानगरपालिकाले जनता अटेरी बनेको गुनासो गरेको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नागरिकमा समान्य स्वास्थ्य सचेतना समेत नपाइएको बता ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज ९ जना नयाँ कोरोना संक्रमित व्यक्ति भर्ना भएका छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार भर्ना भएका ९ जना धरानका हुन् । आज धरान १७ स्थित क्वारेन्टिनमा रहेका ४ जना भारतीय आर्मी र ५ जना घरमा रहेकाहरुमा संक्रमण पुष्टि भएको थियो । उनी ...
धरान: धरानमा कोरोना संक्रमितहरुको कुल संख्या २५ जना पुगेको छ । ती मध्ये १८ जना विदेशबाट आएका हुन् भने अरु ७ जना धरानमा नै रहेकाहरु हुन् । संक्रमित २५ मध्ये १४ जना निको भएर घर फर्किएका छन् भने ११ जना उपचाररत छन् । धरानमा सबैभन्दा पहिला धरान १३, शिवाधाराकी एक महिलामा संक्रमण देखिएको थियो । उनलाई कसरी ...
धरान: धरानमा संक्रमणको स्रोतको रुपमा रहेको धरान ८, तीनकुनेस्थित प्रिति भल्व एण्ड फिटिङ्स उद्योगलाई सिल गरिएको छ । आज संक्रमण पुष्टि भएका उद्योगका एक कर्मचारी डेरा गरी बस्ने घरमा नै अन्य २ जना कर्मचारीहरु पनि बसेको खुलेपछि उद्योग सिल गर्ने निर्णय गरिएको मेयर तिलक राईले बताए । उनका अनुसार आज पोजेटिभ ...
धरान: धरानमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १५ गते लिइएको ५० जनाको स्वाब परीक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये ५ जना धरान १३ मा संक्रमण पुष्टि भएका युवाको सम्पर्कमा आएका परिवारका हुन् । अन्य ४ जना भारतीय आर्मीहरु हुन् । उनीहरु एन्फा क्वारेन्टाइनमा रहदै आएका थि ...
धरान: रामधुनी नगरपालिकाको क्वारेन्टाइनबाट एक जना कोरोना संक्रमित रिपोर्ट आएका व्यक्ति दिउँसै भागेका छन् । संक्रमित भागेपछि नगरपालिका क्षेत्रलाई साउन २४ गतेसम्मलाई लकडाउन गरिएको छ । नगर प्रमुख जयप्रकाश चौधरीका ती व्यक्ति हिजो(शनिबार) करिब साढे १० बजेतिर खाना खाने समयमा क्वारेन्टिनबाट भागेका हुन् । च ...
धरान: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितको टोली शनिबार कटारी नगरपालिका १ कालीखोलास्थित ५७ बर्षीय तर्कबहादुर अधिकारी(खत्री)को घर पुगे, तर उनलाई घरमा भेटिएन । तर्कबहादुरलाई परिवारले घरदेखि करिब २ सय मिटर पर बाँसघारीमा बनाइएको खोरमा थुनेर राखेको रहेछ । मन्त्री घिमिरेसहितको टोली पुग्दा त ...
विराटनगर: श्रम कार्यालय विराटनगरका वरिष्ठ उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ । सञ्जेललाई श्रम कार्यालयकै कार्यालय सहयोगी २ महिलाले कुटपिट गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले सञ्जेलमाथि कुटपिट भएको पुष्टि गर्दै कुटपिट हुनुको कारण यकिन नभएको बताए । ‘मलाई हातपात ...
क्वारेन्टिनमा बसेका व्यक्तिले आत्महत्या गरेका धेरै उदाहरण छन् । ७ असार २०७७ राति सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको छविस पाथीभेरा गाउँपालिका वडा नं ७ मझखोरी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा एक ३० वर्षीय पुरुषले आत्महत्या गरेका थिए । तीन दिनअघि मात्रै भारतबाट फर्केर उनी स्थानीय उमेश बोहरा र ज ...
बाग्लुङ: पर्वत र वागलुङ जिल्ला जोड्न निर्माण गरिएको विश्वकै लामो झोलुंगेपुल औपचारिक रुपमा खुला गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभाग मातहत सस्पेन्सन व्रिज डिभिजनले शुक्रबारदेखि सर्वसाधारणको लागि खुला गरिएको हो । यो पुल ५ सय ६७ मिटर लामो रहेको छ । डिभिजनका यो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित