झापा: झापाको दमक नगरपालिका ५ का टेक वहादुर कार्कीको घरमा तास खेलिरहेका ९ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घर धनी ४६ बर्षीय टेक बहादुर कार्की, स्थानीय ५१ बर्षीय कुशराज खत्री, ५४ बर्षीय सुरेश भण्डारी, ३८ बर्षीय नारायण कडरिया, ४१ बर्षीय सुर्य न्यौपाने, ४८ बर्षीय खगेन्द्र भुजेल, ४० बर्षीय खगेन्द्र राजवंशी, दमक ८ का २९ बर्षीय प्रदिप थापा र कमल गाऊपालिका ५ का ३० बर्षीय सुरेश सुव्वा रहेका छन्।
उनीहरुलाई हिजो बेलुका बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ३ बुङ तास र नगद २९ हजार ७४५ रुपैया पनि वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।







