धरान: तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शम्सेरले वि.स.१९५८ तिर जंगल फडानी गरेर सहर बसाउन लगाएका थिए । त्यही भएर हाल धरानको वडा नं ३ मा पर्ने पुरानो बजार क्षेत्रलाई चन्द्रपुर बजार नामकरण भएको हो ।आधुनिक धरानको जग बसाल्ने चन्द्रपुर बजारको इतिहास र त्यसक्षेत्रमा रहेको नेवाः सँस्कृतिलाई प्रर्वद्धन गर्न ...
धरान: छैटौं साँस्कृतिक लाखेनाच प्रर्दशनी एवं प्रतियोगितामा धरान ८ स्थित नेवाः थपु गूठी उत्कृष्ट प्रथम भएको छ । नेवाः देय् दबू धरान उपमहानगर समितिले बिहिबार भानुचोकमा आयोजना गरेको लाखेनाच प्रर्दशनी तथा प्रतियोगितामा गूठी प्रथम भएको हो । प्रतियोगितामा कुल १३ वटा लाखेनाच समुह तथा संस्थाहरुले सहभाग ...
धरान: लाखेनाच जात्राको प्रर्वद्धन गर्ने उद्देश्यले भोली (बिहिबार) धरानको भानुचोकमा वृहत खुल्ला लाखेनाच प्रर्दशनी एवं प्रतियोगिता हुने भएको छ । नेवाः देय् दबू धरान उपमहानगर समितिको आयोजनामा लाखेनाच प्रर्दशनी एवं प्रतियोगिता हुन लागेको हो । आयोजकले आज (बुधबार) धरान १६ स्थित हारती अजिमा मन्दिरमा प ...
धरान: कोशी प्रदेश सरकारको अनुदानमा सम्पन्न भएको ३ वटा डिप बोरिङ र इलेक्ट्रोमेकानिकल कार्यको सोमबार स्थलगत अनुगमन गरिएको छ । कोशी प्रदेशका सांसदद्धय रमेश बस्नेत, विजयकुमार राई, धरानका मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रबिक्रम बेघा र खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयका सचिव प्रदिप वान्त ...
धरान: गए राती भारी बर्षासँगै पहिरोले धरानको वडा नं ३ हृदयेन्द्र मार्गमा लगाएको पर्खाल ढल्दा एक घरमा क्षति पुगेको छ । स्थानीय छजुङ भोटेको घरमाथिको पर्खाल ढलेर क्षति पुगेको हो । घटना गएराती करिब साढे १ बजेतिरको हो । ठुलो बर्षा हुन थालेपछि आफु पनि कोठाबाट बाहिर निस्केको कारण बचेको भोटेले बताइन् । ...
धरान: विजयपुर दरबार क्षेत्रको मुन्धुमीस्थलमा राखिएको वाबु अज्ञात समुहले तोडफोड गरी क्षति पुर्याएपछि नयाँ स्थापना गरिएको छ। किरात राई यायोक्खा धरान उपमहानगर समिति र वडा नं १३ कार्यसमितिले नयाँ वाबु निर्माण गरेर बुधबार स्थापना गरेको हो । यायोक्खाको ३८ औं स्थापना दिवसको अवसर पारेर अघिल्लो दिन वाबु ...
धरान: धरान उपमहानगरपालिका वडा नं ३ ले तीन दिने चन्द्रपुर जात्रा उत्सव मनाउने भएको छ । धरानमा नेवाः सँस्कृतिको मुल थलोकोरुपमा रहेको चन्द्रपुर बजार क्षेत्रको सास्ँकृतिक महत्वलाई थप उजागर गर्न र वडा ३ लाई साँस्कृतिक वडाकोरुपमा विकास तथा प्रर्वद्धन गर्न पहिलो पटक तीन दिने चन्द्रपुर जात्रा उत्सव मना ...
धरान: अवैधरुपमा गाँजाका कारोबारीहरुले यात्रुबाहक सार्वजनिक बसलाई गाँजा ओसारपसारको माध्यम बनाउन थालेपछि प्रहरीमात्र होइन, व्यवसायी र सवारीका कर्मचारीहरु पनि हैरान भइरहेका छन् ।गाँजा भेटिएपनि कानुनी प्रक्रियाको क्रममा वा गाँजा भएको पोका कुन यात्रुको हो भन्ने पनि नखुल्दा बसका कर्मचारी र व्यवसायी कानुनी ...
धरान: धरान १७ का सनम राईलाई आफुसँगै दिल्ली लिएर जाने दीपक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धरानको टोलीले आज दिउँसो धरान १७ स्थित मावली घरबाट दीपकलाई नियन्त्रणमा लिएको हो । आफुसँगै लिएर गएका सनम घाइते भएर निधन हुँदा पनि दीपक भने उनीसँगै नहुनु, घटनापछि मृतकका परिवारलाई ...
धरान: दिल्ली जाने क्रममा पटनाको ट्रेन स्टेशनमा घाइते भेटिएर उपचारको क्रममा निधन भएका धरान १७ का सनम राईलाई न्याय दिलाउन माग गरिएको छ । सोमबार साँझ धरानको भानुचोकमा स्वर्गीय राईप्रति दीप प्रज्वलन गरेर श्रद्धाञ्जली व्यक्त गर्नुका साथै न्यायको माग गर्दै प्ले कार्ड प्रर्दशन पनि गरिएको थियो । मृतक र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित