धरान: जेन जी आन्दोलनको नाममा भदौ २४ गते निजी घरमा तोडफोड, लुटपाट र आगजनी गर्ने व्यक्तिहरुविरुद्ध पीडितहरुले किटानी जाहेरी दिएका छन् । 

धरानकी पुर्वउपमेयर एवं एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीका श्रीमान् तथा एमाले नेता मुरारी सुवेदी, पुर्वसांसद जयकुमार राई, कार्यपालिका सदस्य सृर्जना नेपाल, नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, कांग्रेस सुनसरी क्षेन नं १ का सभापति सुजेन्द्र गोले तामाङ र पुर्वउपमेयर भण्डारीको घरमा भाडामा बस्ने सुनिता पोखरेलले पनि किटानी जाहरी दिएका छन् । कांग्रेस महामन्त्री थापाले घरमा तोडफोड र लुटपाट गर्न आएका व्यक्तिहरुको पहिचान हुने गरि विभिन्न भिडियो फुजेट, फोटोहरु संलकन गरेको पेनड्राइभ पनि बुझाएका छन् । 

manju bhan copy

महामन्त्री थापाले स्थानीय सरकारले पीडितहरुलाई आडभरोसा दिनुपर्नेमा धरानका प्रमुख हर्कराज राईले अपराधिक कार्य गर्नेहरुको बचाउमा उल्टै धम्कीपुर्ण अभिव्यक्ति दिएको बताए । ‘उहाँसँग हिडेका सबै सञ्जन र विद्धान छैन नि, खराब छ भने प्रहरी प्रशासनलाई सहयोग गर्नुपर्नेमा खबरदार भनेर धम्की दिइरहनुभएको छ, यसले पक्कै पनि धराने जनतालाई राज्यविहिन, सरकारविहिन भएको अनुभव भएको छ,’ उनले भने, ‘यो कुरामा डटेर राज्य सरकार छ भन्ने महशुस गराउनुपर्छ ।’

भिडियो:

पुर्वउपप्रमुख भण्डारीले पनि नेताहरुको घरमा सुनियोजितढंगले तोडफोड, लुटपाट भएको बताइन् । उनले मेयर साम्पाङकै दाँयाबाँया रहने प्रमुख व्यक्तिहरुकै नेतृत्वमा तोडफोड, लुटपाट र आगजनी भएकोले नगरबासीहरुले असुक्षित महशुस भएको बताइन् । स्टाटस लेख्न माहिर भएपनि नगर प्रमुखले यहाँका जनताको घर, व्यापारिक प्रतिष्ठान जलिरहदा भने मौन बसेको पनि बताइन् । 

यसअघि मंगलबार होटल कञ्चनजंघामा भएको तोडफोड, आगजनी र लुटपाटविरुद्ध पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले उजुरी दिइसकेका छन् । आइतबार धरानका राजनीतिक दलहरुले पनि पार्टी कार्यालय तोडफोड, आगजनीविरुद्ध उजुरी दिने भएका छन् । 

पाँच जना नियन्त्रण

dsp copy 1

प्रहरीले धरानमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरुको पहिचान गर्ने र नियन्त्रणमा लिने कार्य गरिरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार अहिलेसम्म ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भइरहेको छ । 

डिएसपी प्रकाश जबेगुका अनुसार जाहेरी परेपछि घटनाको विभिन्न भिडियो फुजेट, फोटोहरु संकलन गरेर विश्लेषण गर्ने काम भइरहेको छ । ‘पाँच जनालाई नियन्त्रणमा लिएका छौं, घटनामा संलग्नहरुको प्रमाणहरु विश्लेषण गर्ने काम भइरहेको छ,’ उनले भने । 

jaya copy

srijana copy 1

umesh copy

sujendra copy