धरान: गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘गरिमा समर क्याम्प–२०८२’ समापन भएको छ।
धरान–१५ स्थित सदन सभा भवनमा शनिबार विविध कार्यक्रम गरि उक्त समर क्याम्प समापन भएको हो । समर क्याम्पमा बालबालिकाहरुले सिकेका नृत्य, क्याटवाक/र्याम्पवाक, वाक कला लगायतको प्रतिभा प्रस्तुत गरेका थिए । गरिमाका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको अध्यक्षता एन प्याव्सन धरानका अध्यक्ष भगत लिम्बुको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लिम्बुसहित धरानको न्यायिक समिति सदस्य एवं धरान–१४ का वडा सदस्य झरना मुखिया (पौडेल), समाजसेवी तथा व्यवसायी टंककुमारी गुरुङ, एशियन थाई फुड्स प्रालिका धरान एरिया अफिसर तथा कलाकार अमित गुरुङ र सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राईले बालबालिकालाई प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रमुख अतिथि लिम्बुले मन्तव्यको क्रममा विद्यार्थीहरुले विद्यालयको शिक्षा ग्रहण सँगसँगै आफनो प्रतिभालाई पनि अगाडी बढाउन जरुरी रहेको बताए । हाल विद्यार्थीहरुले आफनो प्रतिभालाई निखार्दै अब्बल बन्न सके आफनो प्रतिभालाई पेशा समेत बनाउन सक्ने उनले बताए । प्रतिभा अनुरुपको पेशाबाट नाम कमाउदै राम्रो जीवनयापन गर्न सक्ने पनि अध्यक्ष लिम्बुले बताए ।

गर्मीको विदामा बसेका बालबालिकाहरुलाई विदाको सदुपयोग गरी उपयोगी कला तथा प्रतिभाहरु सिकाउने उदेश्यले समर क्याम्प आयोजना गरिएको गरिमाले जनाएको छ । समर क्याम्पमा धरानका १५ वटा विद्यालयका ३६ जना बालबालिकाहरुले डान्स, क्याटवाकरर्याम्पवाक, पब्लिक स्पीकिङको प्रशिक्षण लिएका थिए भने भ्रमण, स्वीमिङलगायतको गतिविधीमा पनि सहभागी गराइएको थियो ।
साउन १ गते देखि १४ पहिलो समुह र १४ गते देखि २८ गते दोस्रो समुह गरि दुई समुहले दुईरदुई हप्ताको अवधिमा प्रशिक्षण लिएको गरिमाकी संचालक तथा प्रशिक्षक सन्जु राई (सुमित्रा)ले जानकारी दिईन्। उक्त ‘गरिमा समर क्याम्प–२०८२’का बालबालिकाहरुलाई नृत्यहरु नृत्य निर्देशक बिनिता राई, पावल राई, क्याटवाक/र्याम्पवाक हिमाल बिश्वकर्मा र वाककला (बोल्ने कला( को तालिम सन्जु राई(.सुमित्रा(ले प्रदान गरेका थिए ।







